हाम्रासेवाहरु

आकस्मिक सेवा

इमर्जेन्सी केशका बिरामीहरुलाई २४ सै घण्टा यो सेवा अस्पतालबाट प्रदान गरिन्छ । यस सेवा सञ्चालनका लागि आकस्मिक सेवा कक्षमा १० वटा बेड रहेको छ ।

OPD सेवा

बिहान १० बजेदेखि दिउँसोको ३ बजेसम्म इएम् सेवा प्रदान गरिन्छ । यसको लागि कोठा नं.१ को टिकट काउन्टरबाट बिहान ९ बजेबाट दिउँसो १ बजेसम्म OPD टिकट लिन सकिन्छ । यस अन्तर्गत हाडजोर्नी, दन्त चिकित्सा, प्रसुति तथा स्त्रीरोग, जेनेरल फिजिसियन, जनरल सर्जरी, बालरोग आदि सेवाहरु प्रदान गरिन्छ ।

EHS सेवा

दैनिक इएम् सेवा समय बाहेक पनि बिरामीहरुले आफ्नो इच्छानुसार अतिरिक्त शुल्क तिरी विशेषज्ञ चिकित्सकबाट सेवा लिन सक्ने गरी यो सेवा संचालन हुँदै आएको छ । यो सेवा सार्वजनिक बिदाको दिन बाहेक दैनिक बिहान ७ देखि ९ बजेसम्म र बेलुका ३ देखि ६ बजेसम्म प्रदान गरिन्छ ।

अन्तरंग सेवा

डाक्टरका सल्लाह अनुसार भर्ना गर्नुपर्ने बिरामीलाई अन्तरंग सेवा अन्तर्गत ३१ वटा वेड छुट्याइएको छ । यो सेवा पनि २४ सै घण्टा उपलब्ध रहेको छ ।

दन्त चिकित्सा सेवा

यस सेवा अन्तर्गत दाँत उखल्ने, भर्ने, मिलाउने, जरा भर्ने तथा मुख तथा गिजा सम्बन्धी अन्य रोगहरुको उपचार गरिन्छ ।

आमा सुरक्षा कार्यक्रम

गर्भवति महिलालाई प्रदान गर्ने सेवाहरु जस्तैः साधारण प्रसुति सेवा, प्रसुति सम्बन्धी शल्यक्रिया सेवा

मातृशिशु क्लिनिकः

गर्भवती महिलाको गर्भ अवस्थाको नियमित चेकजाँच, आइरन तथा क्याल्सियम उपलब्ध गराउनुको साथै भिडियो एक्स–रे सेवा समेत यस कार्यक्रम अन्तर्गत प्रदान गरिन्छ ।

शल्यक्रिया सेवा

यस अस्पतालले गर्भवती महिलालाई गरिने शल्यक्रिया, पाठेघर सम्बन्धि शल्यक्रिया, हाइड्रोशिल, हर्निया, एपेन्डिसाइटिस तथा हाडजोर्नी सम्बन्धि विभिन्न शल्यक्रिया सेवा प्रदान गरेको छ ।

सघन शिशु उपचार सेवा

सिकित्स शिशुलाई सघन उपचारको आवश्यकता परेमा ४ वेड युक्त सघन शिशु उपचार सेवा उपलब्ध गराइएको छ ।

एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC)

लैंगिक तथा घरेलु हिंसामा परेका पिडित तथा पिडकको २४ सै घण्टा चेकजाँच तथा उपचार र मनोपरामर्श तथा आवश्यकता अनुसार कानुनी परामर्श पनि यस केन्द्रबाट प्रदान गरिन्छ ।

सामाजिक सुरक्षा कार्यक्रम

यस कार्यक्रम अन्तर्गत गरिब, असाहय, ज्येष्ठ नागरिक तथा पिछडिएको वर्गलाई लक्षित गरी अस्पतालमा सहुलियता तथा निःशुल्क उपचार सेवा प्रदान गरिन्छ ।

सुरक्षित गर्भपतन कार्यक्रम

यस कार्यक्रम अन्तर्गत तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा सुरक्षित गर्भपतन गराइन्छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम

यस अन्तर्गत स्वस्थ्य नागरिकको कुनै पनि नसर्ने तथा दिर्घ रोग हुन सक्ने सम्भावनालाई मध्येनजर गरी त्यस्ता रोगहरु पत्ता लगाउन विस्तृत स्वास्थ्य परिक्षण निःशुल्क वा सहुलियतमा यो सेवा प्रदान गरिन्छ ।

रेडियोलोजी सेवा

यस अन्तर्गत बिरामीको डिजिटल एक्स–रे तथा पेट, प्रोस्टेट, पाठेघर, थाइराइड, खुट्टाका नसा इत्यादि सम्बन्धि भिडियो एक्स–रे गरिन्छ ।

ल्याब सेवा

अस्पतालमा २४सै घण्टा ल्याब सेवा उपलब्ध रहेको छ । यसमा सामान्य जाँचका साथै थाइराइड, लिपिड प्रोफाइल, वाथ रोग, हृदयघात सम्बन्धी रगतबाट हुने परिक्षणहरु गरिन्छ ।

फार्मेसी सेवा

नेपाल सरकारले तोकेको निःशुल्क तथा शशुल्क औषधीहरु बजार मुल्य भन्दा १० प्रतिशत छुटमा अस्पताल फार्मेसीबाट २४सै घण्टा उपलब्ध गराइन्छ ।

एम्बुलेन्स सेवा

आपतकालीन सेवाका लागि अस्पतालले २ वटा एम्बुलेन्स मार्फत २४सै घण्टा सेवा दिइरहेको छ ।

पोष्ट मार्टम सेवा

कुनै पनि मानिसको अप्राकृति मृत्युका कारण पत्ता लगाउन अस्पतालमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शवको पोष्ट मार्टम गर्ने व्यवस्था रहेको छ ।

ART/ATT सेवा

यस सेवा अन्तर्गत क्षयरोग तथा एच.आई.भि. लागेका बिरामीहरुको निःशुल्क परिक्षण तथा उपचार गरिन्छ ।

खोप सेवा

यस सेवा अन्तर्गत नवजात शशु तथा पाँच वर्ष मुनिका बालबालिकाहरु तथा गर्भवती महिलाहरुलाई नेपाल सरकारद्वारा निर्धारित खोप तालिका अनुसार खोप लगाइन्छ ।

स्वास्थ्य बिमा सेवा

स्वास्थ्य बिमा बोर्डबाट संचालन गरिएको स्वास्थ्य बिमा सेवा लिइएका बिरामीहरुलाई पनि यस अस्पतालबाट निःशुल्क चेकजाँच तथा औषधी उपचार गरिन्छ ।

PCR Test सेवा

यस सिन्धुली अस्पतालमा हाल विश्वव्यामी महामारीको रुपमा फैलिएको कोरोनाको PCR Test पनि गरिन्छ ।

आइसोलेशन उपचार सेवा

यस अस्पतालले कोभिड पोजेटिभ देखिएका बिरामीहरुलाई आइसोलेशन वार्डमा भर्ना गरी कोभिड उपचारको मापदण्ड मुताविक उपचार गरिन्छ ।